المدة الزمنية 3:51

श्रिमानको निधनमा चुरा पोते र सिन्दुर नफालि क्रियाकर्म गरने महिला भन्छिन यो उहाँको चिनो हो

بواسطة Nepali Story Tv
283 مشاهدة
0
7
تم نشره في 2020/12/13

परम्परालाई चुनौती पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई झापाकी एक महिलाले तोकेकी छिन् । पतिको निधन भएपछि दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलनलाई झापा विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले तोडेकी हुन । रेनुकाको यो साहसिक कार्यले नेपाली समाजलाई गतिलो झापड प्रहार गरेको छ । नेपाली समाजमा पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई झापाकी एक महिलाले तोडीदिएकी छन् । पतिको निधन भएपछि दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ । जसलाई झापा विर्तामोड नगरपालिका– ८ नेपाल चोककी रेनुका नेपालले तोडीदिएकी छन् । रेनुकाको यो साहसिक कार्यलाई अहिले समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । पतिको निधन संगै घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर रेनुका काजकिरिया गरिरहेकी छन् । रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने अडान लिएकी हुन् । पतिको निधन भएपछि दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलनले निकै बर्षदेखि आफूलाई असहय पीडा दिएको रेनुका बताउंछीन । रेनुकाको निर्णयमा परिवार, छरछिमेकी र देख्नेसुन्नेले पनि साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् । रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिल्ने महिला अधिकारकर्मी बताउंछिन् । बाइट ः रेनुका अधिकारी , मानव अधिकारकालागि महिला एकल महिला , केन्द्रिय सचिव रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु समेत बढिरहंदा गाउं टोलमा कुरा काट्नेहरु पनि उत्तिकै छन् । तर रेनुकाको यो साहसीक निर्णयले समाजमा बर्षौंदेखि जरो गाडेर रहंदै आएको संस्कारलाई गतिलो झापड मात्र प्रहार गरेको छैन । भाबी पुस्तालाई यसले सबक समेत सिकाएको छ । #NepalStoryTV #NepaliCulture #Pokhara

الفئة

عرض المزيد

تعليقات - 0