المدة الزمنية 25:55

Singlha -सिङ्ल्हा- 4040 M - Official Documentary - Khaniyabas Rural Municipality Dhading

بواسطة LMC Digital Media
45 105 مشاهدة
0
1.1 K
تم نشره في 2021/08/20

Right for this video is provided by Roshan Phyuba Direction / Edit: Roshan Phyuba Tamang Camera: Prakash Tamang Script / Research : Gopal Fyuba Narrator: Surya Moktan Post Production: Lhapsangkarpo Music Center Presents by: Khaniyabas Rural Municipality, Dhading Supported by Ex-Army Community Khaniyabas सहयोगीहरु सिररोङ तामाङ (खनियाबास ५ मउर) धर्मराज तामाङ (खनियाबास ४) मर्नेन तामाङ (खनियाबास ५) दिपक तामाङ (खनियाबास ४) बेग बहादुर वाईबा (खनियाबास ३) चोक बहादुर तामाङ (खनियाबास ४) शर्मिला गुरुङ (खनियाबास ४) -गोपाल फ्युबा तामाङ सिङ्ल्हदेवी परापूर्वकालदेखि नै स्थानीय बासिन्दाहरुले धार्मिकस्थलको रुपमा श्रद्धा, आश्था भावकासाथ मान्दै आएका छन् । स्थापना गरी पूजा गरेको दिन गोने ङ्य परेकाले हरेक वर्ष सोही दिन श्रद्धालुहरु प्रार्थना गर्न सिङ्ल्ह पुग्ने गरेको पाइन्छ । यो ज्यादै नै सुन्दर एवं मनमोहक स्थल हो । नेपालको धादिङ जिल्ला अन्तर्गत खनियाबास गाउँपालिका वडा नं २ झार्लाङमा सिंल्हा अवस्थित छ । यो समुन्द्रि सतहदेखि ४०४० मिटर उचाईमा रहेको छ । यहाँबाट गणेश, लाम्टाङ, प्याल्दोर, आदि हिमश्रृङ्खलाहरु देखिन्छ र तराइका समथर मैदानी भाग अनि लेकाली फाँट र खर्कहरु पनि हेर्न सकिन्छ । यि दृष्यहरुले मनेरमता थपिदिन्छ । टाकुरामा रहेको हुनाले उत्तरी खण्ड भने रुबीभ्याली गाउँपालिका पट्टि पर्दछ । सिङ्ल्ह तामाङ शब्द सिङ र ल्ह मिलेर बनेको हो, जसको अर्थ चेली र देव÷लोक हुन्छ । “गाउँको देउतालाई नै ‘स्हिङ्ग ल’ भन्ने गर्दछन् । तामाङ बोन भाषामा ‘स्हिङ्ग’ शब्दले ‘गाउँ’ लाई जनाउने गर्दछ । त्यसैले ‘स्हिङ्गला ल’ भन्नाले गाउँलेले मान्ने गरेका वा गाउँमा स्थापित देउतालाई बुझ्नुपर्दछ ।त्यसैले गाउँको सुरक्षा गर्नसक्ने हैसियत समेत राख्ने हुनाले गाउँ तथा समाजको सुरक्षार्थ त्यस्ता शक्तिको पूजाअर्चना गर्नुपर्दछ । गाउँको देउतालाई खुशी पार्न सकिएमा गाउँ दैवी प्रकोप, महामारी आदिबाट सुरक्षित हुने गर्दछ भने खेतीबाली, बस्तुभाउमा पनि राम्रो हुने गर्दछ । बोम्पो फलाक्दा सिङल्ह फो ज्यवासिङकि ल्हइ दामो उच्चारण गरिने हुँदा देवीको रुपमा पुजिने प्रष्ट हुन्छ । दिक्षान्त र मेला सिङ्ल्हमा नयाँ सिकारू भात्क्रीलाइर् दिक्षान्त गराइन्छ । अहिले सिङ्ल्हमा बोम्पो मेला मात्र नभएर युवायुवतीको भेला पनि हुने गर्दछ । युवतीहरूले मिठो मिठो खानेकुरा लगेर सबै बाँडीचुडी खान्छन् । स्वाँगे÷च्योन पर्नेलाई दिदीबहिनीले त्यही प्राप्त वस्तुहरू सुनपनते धुपी चिमलको पात र जटामसी बाट माला बनाई लगाई दिन्छन् भने दाज्युभाइले गच्छे अनुसारको दक्षिणा दिने गर्दछन् । तिनीहरू गीत गाउने तथा नाच्ने गर्दछन् । बोम्पो कुङ्करमा प्रवेश गर्दा र बिदा गर्दा सोइ बोम्पो सोइ गरेर बुढाबुढी देखि बालबच्चासम्म उफ्रने गर्दछन् । जसले गर्दा मेला भर्न आउनुको रौनकता थपिन्छ, सबैमा उत्साह बढाइदिन्छ । केही वर्षदेखि म्हेन्दोमाया कलाकार संघले सिंल्हमा तामाङ गीत मौखिक प्रतिस्पर्धा गराइ मौलिक गीतको संरक्षण र अभिलेखिकरण समेत गर्ने प्रयास गरेका छन् । प्रकृति र सम्भावना सिङ्ल्ह ज्यादै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित छ । यस वरपरका भूमि, डाडा, रुख लगायतका प्राकृतिक सम्पदाहरु सबै सिङ्ल्ह म्हाने तर्फ झुकिरहेको छ । अग्लो स्थानमा रहेकोले यहाँबाट बेंशीको समथर मैदानी भाग देखि हिमाली श्रृङखला, लेकको फाँट, चउर तथा खर्कहरू पनि देख्न सकिन्छ । प्राकृतिक मनोरम दृष्य, लेकको चिसो सिरेटोसँगै लागिरहेको हुस्सुमाझ चउरभर सल्बलाइरहेका रङ्गीचङगी फुलहरूको दृष्यले जो कसैलाई मोहनी नलगाइ छाड्दैन । चिसो र झरी सहेर पनि केही नभएको आभाष दिलाउँदछ । हिउँदमा हिउँफुलमा रमाउन, चिप्लेटी खेल्न, लालीगुराँसको अवलोकन गर्न पनि सकिन्छ । अनेक बहुमुल्य जटिबुटीहरू पनि पाइन्छ । यहाँ आक्कलझुक्कल वाह्य पर्यटकहरू पनि आएको देखिन्छ । यहाँबाट पर्यटकहरु सेर्तुङ, लापा, गंगाजमुना हुदै गोरखा तर्फ लाग्छन् वा तिप्लिङ, पाङसाङ, स्योम्दाङ हँुदै रसुवाको तामाङ हेरिटेज ट्रेल पकड्दै धुन्चे पुग्दछन् । अर्को पदमार्ग झार्लाङ गिलिङचो तातोपानी, दार्खा हुँदै धादिङवेशी तर्फ लाग्दछन् वा रुपचेत, गोङगा, फ्युकुरी, किस्पाङ हुँदै नुवाकोट तर्फको अनेक पदमार्गहरु पक्रन सक्दछन् ।अहिले समर क्याम्प वा युवा भेला गर्न चैत्र वैशाखमा पनि छिटफुट जाने गरेको पाइन्छ । त्यसबेला हिउँ रहने हुनाले हिउँ खेल्न पनि पुग्ने गर्दछन् । वैशाख १ गते झार्लाङका स्थानीय मण्डलीहरु मिलेर प्रार्थना सभा आयोजना पनि गर्ने गरेको पाइन्छ । जंगली जनावर र चराचुरुङ्गीको अवलोकन पनि गर्न सकिन्छ । प्रयासहरु यसरी एैतिहासिक, धार्मिक तथा पर्यटकिय महत्व बोकेको सिङ्ल्हको संरक्षण, प्रचारप्रसार हुनु आवश्यक छ । आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने यस सिंल्हाको बिकासका लागि स्थानिय वडा, गापा, जिबिस तथा सरकारी, गैर सरकारी संघ संस्था र निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरूको योगदान उल्लेख्य रहेको छ र रहिरहनेछन् । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ । सिङल्ह आसपासका क्षेत्रहरुमा बास बस्न क्याम्पहरु बनाउन, डोङकङ निर्माण गर्न, खानेपानीको स्रोत व्यवस्थापन गर्नुपर्ने देखिन्छ । पदयात्रा सहयोगी र स्रोत व्यक्तिहरुको नामावली समेत अभिलेखिकरण गर्नु पर्ने देखिन्छ । सिङ्रल्ह क्षेत्रलाइ पर्रयटकीय क्षेत्रको रूपमा बिकास गरी विदेशी मुद्रा समेत अजर्न गर्न सकिन्छ । एैतिहासिक सम्पदाको संरक्षाणा पनि हुने र धनाजर्न पनि हुने कार्यमा सबैको हातेमाले हुनु जरूरी छ । यसको लागि सम्बन्धित स्थानीय तहहरू बढी सकृय हुनु पर्ने देखिन्छ । #khaniyabas #singlha #lmc email - mhendomaya@gmail.com mobile - 00977-9813775001 For More Info http://hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd

الفئة

عرض المزيد

تعليقات - 44